काठमाडाैं । नेपाल सरकारले बन्द गरेको एक्स (पहिले ट्विटर) र विच्याटले पनि सूचीकरण हुन आउन चासो देखाएका छन्।

बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि शुक्रबार बिहानैदेखि ती सामाजिक सञ्जालमा समस्या आएको छ।

advertisement

निष्क्रिय भएका सामाजिक सञ्जालमध्ये एक्स र विच्याटका प्रतिनिधिले चासो देखाएको मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले जानकारी दिए।

‘एक्स र विच्याटले चासो देखाएको छ। आधिकारिक रूपमा निवेदन दिइसकेको भने छैन,’ उनले भने।

यसअघि बिहीबार नै हाम्रो पात्रोले निवेदन दिएपछि सूचीकरण हुने प्रक्रियामा छ।

त्यस्तै फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिले पनि सिंगापुरबाट सम्पर्क गरेको छ।

सम्पर्क गरेका प्रतिनिधिलाई इमेलमार्फत प्रक्रिया र आवश्यक पर्ने कागजातबारे विवरण उपलब्ध गराइएको छ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com