ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा अडिग रहेकाले आमजनताको विश्वास निरन्तर बढिरहेको दाबी गरेका छन ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै सम्झौता नगरी राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभिएको कारण एमाले जनताबीच थप लोकप्रिय बन्दै गएको बताए।

advertisement

“अप्ठ्यारो परिस्थितिमा पनि जनताले हाम्रो साथ दिएका छन्। लामो संघर्ष र बलिदानपछि हामी यहाँसम्म आइपुगेका हौँ। अब उज्ज्वल भविष्यका लागि मिसन-८४ को यात्रामा अघि बढिरहेका छौँ,” अध्यक्ष ओलीले भने।

उनले पार्टी र नेताहरूलाई गरिएको आलोचना वा अपप्रचारले जनतामाझ एमालेप्रतिको विश्वास कम नभएको दाबी गर्दै भन्नुभयो, “हामी अहिले सरकारमा छौँ। यदि अझै जनताकाबीच पुगी विश्वास जित्न सक्यौँ भने २०८४ सालको निर्वाचनमा बहुमत रोक्ने शक्ति कसैसँग हुँदैन।”

सामाजिक न्याय, समानता र समाजवादतर्फको यात्रामा एमाले निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै उनले अपेक्षा अनुसार विकास नभए पनि परिवर्तनकारी हस्तक्षेपका लागि पार्टी अगाडि बढिरहेको स्पष्ट पारे

अध्यक्ष ओलीले एमाले आज निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको भन्दै पार्टीका नीति नै राष्ट्रिय नीति बन्न पुगेको दाबी गरे। उनले महिलाको सक्रिय भूमिका एमालेलाई सुदृढ, सशक्त र लोकप्रिय बनाउन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्यकर्ताहरूप्रति आह्वान गरेका थिए -“सबै मिलेर पार्टीलाई अझ सुदृढ बनाऔँ।”

पार्टीप्रति आमजनताको विश्वासका कारण आन्दोलन हाँक्ने शक्ति प्राप्त भएको बताउँदै अध्यक्ष ओलीले नेता-कार्यकर्ताको प्रतिबद्धता र सजगताप्रति आफू ढुक्क रहेको धारणा राखे थिए ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com