काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार सूचीमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्महरू अस्थायी रूपमा बन्द भएपछि नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली पनि प्रभावित भएको छ।
पहिले कम्पनीले फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत ग्राहकका जिज्ञासा र गुनासो समाधान गर्दै आएको थियो। तर, ती प्लेटफर्महरू बन्द भएपछि अब नेपाल टेलिकमले नयाँ माध्यमको रूपमा ‘Nepal Telecom Customer Care’ नामक भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ। यस मार्फत ग्राहकहरूले आफ्ना समस्याहरू सोझै सम्बोधन गराउन सक्नेछन्।
ग्राहकले आफ्ना जिज्ञासा र गुनासाहरू अब ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्ने टेलिकमले जनाएको छ ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया