काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा उनले आफ्नो भाषणमा चुनावको तयारी र पार्टीको भूमिकाबारे कुरा गरे। ओलीले भने, ‘हामीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनतासँग सिधा संवाद गर्दै सक्रियतापूर्वक सदस्य र समर्थक परिचालन गर्यौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन।’
साथै उनले चुनाव निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने भरोसा दिलाए। ‘हामी सरकारमा छौं। त्यसैले कुनै पनि किसिमको धाँधली हुन पाउने छैन। सरकारमा रहेर नै हामी सुनिश्चित गर्नेछौं कि निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेछ,’ उनले भने।
ओलीले नेता तथा कार्यकर्तालाई यस्ता परिस्थिति अनुसार रणनीति बनाउँदै अघि बढ्न पनि निर्देशन दिए।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया