काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताएका छन्।
प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्दै आफ्नो असहमति स्पष्ट पारेको जानकारी दिए।
ललितपुरस्थित सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन मन्तव्यमा ओलीले यस विषयमा भारतसँग पनि स्पष्ट संवाद भइरहेको बताए।
साथै उनले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) मा नेपालले कुनै समर्थन नगरेको कुरा पनि जनाए।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया