काठमाडौं । काठमाडौंमा आयोजित एमालेको विधान महाधिवेशन उद्घाटन कार्यक्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ पत्रकारसँगको छोटो संवादमा परेका छन्।
कार्यक्रमस्थल प्रवेश गर्दै गर्दा केही पत्रकारले उनलाई सामाजिक सञ्जाल बन्दबारे प्रश्न सोधे। एक पत्रकारले भने, “फोटोहरू त खिचियो, तर फेसबुक बन्द भइहाल्यो, केमा हाल्ने?”
यसमा सञ्चारमन्त्री गुरुङले जवाफ दिए, “फेसबुकबाहेक अरू पनि छ नि त।”
पत्रकारले फेरि प्रश्न गरे, “२६ वटा एप बन्द छन्, केमा हाल्नु र?”
सञ्चारमन्त्रीले भने, “भाइबरमा हाल्नुस्, अरू पनि छन् ५-७ वटा।”
यता संवाद सकिएपछि उनी कार्यक्रम स्थलमा लागेका थिए।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया