काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी सदस्यहरूको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ।
शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदन अनुसार, २०८२ सालमा नवीकरण गरिएका सदस्यहरू सहित एमालेमा कुल ६ लाख ६२ हजार ९६१ जना सदस्य रहेका छन्।
प्रतिवेदनमा उल्लेख छ कि कुल सदस्यमध्ये ४ लाख ५७ हजार १४५ पुरुष सदस्य छन् भने २ लाख ५ हजार ८१६ महिला सदस्य रहेका छन्।
एमालेले यस तथ्याङ्कमार्फत पार्टीको सदस्य संरचना र लैङ्गिक अनुपात स्पष्ट रूपमा देखाएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया