काठमाडौं । इजरायली सेनाले गाजा सहरमा तीव्र हवाई आक्रमण गर्दा दर्जनौँ मानिसहरू मारिनुका साथै घाइते भएका छन्। चिकित्सा स्रोतका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा १४ प्यालेस्टिनीको ज्यान गएको छ।
स्थानीयवासीका भनाइअनुसार गाजास्थित एउटा आवासीय अपार्टमेन्टमा गरिएको बम प्रहारमा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्। त्यस्तै, रामल्लामा विस्थापितहरू बसोबास गर्दै आएका शिविरमा गरिएको इजरायली सेनाको गोलाबारीमा थप तीन जनाले ज्यान गुमाएका छन् भने धेरै घाइते भएका छन्।
गाजा सहरकै अर्को आवासीय भवनमा भएको हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ। दक्षिणी क्षेत्र ताल अल हवा र साब्रामा गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ।
यसैगरी, पश्चिमी क्षेत्रमा विस्थापितहरूको शिविरलाई लक्षित गर्दै इजरायली ड्रोनले गरेको आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन्।
इजरायली सेनाले गाजा सहर नियन्त्रणमा लिन घोषणा गरेको दोस्रो चरणको सैन्य अभियान अन्तर्गत आक्रमणलाई अझ तीव्र बनाएको बताइन्छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया