काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्र मुलुकको वैचारिक-राजनीतिक नेतृत्व गर्ने प्रतिष्पर्धाबाट बाहिरिइसकेको निष्कर्ष निकालेको छ ।
शुक्रबार गोदावारीमा सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माओवादीको जनवादी अधिनायकवादी एकदलीय प्रयोग विफल भइसकेको स्पष्ट गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रचण्डपथलाई सुनसान बाटोतिर पुर्याइसकेका माओवादी नेताहरूका लागि अहिले ‘माओवादी’ नाम नै बोझ बन्न पुगेको छ।’ शान्ति प्रक्रियापछि अघि सारिएका सत्ता कब्जा, सेनामा सामूहिक समायोजन, जातीय आधारमा राज्य पुनःसंरचना जस्ता माओवादीका अधिकांश प्रयास असफल भएको उल्लेख गरिएको छ।
एमालेले माओवादी केन्द्रलाई अस्थिरता, अवसरवाद, विभाजनकारी दृष्टिकोण र भ्रष्ट आचरणले ग्रसित संगठनका रूपमा चित्रण गर्दै, त्यसकै कारण वैचारिक, सांगठनिक र चारित्रिक धरातलमा निरन्तर कमजोर बन्दै गएको ठहर गरेको छ।
हाल हङ पार्लियामेन्टको सहायताले सत्तामा टेकेर बसिरहेको भए पनि माओवादी केन्द्र अब वैचारिक–राजनीतिक नेतृत्व गर्ने क्षमताबाट बाहिरिएको एमालेको दस्तावेजमा प्रष्ट भनिएको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया