काठमाडौं । रामहरी खतिवडा संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा सर्वसम्मत चयन भएका छन्।
शुक्रबार साँझ बसेको समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडाको नाम प्रस्ताव गरेका थिए भने नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले त्यसलाई समर्थन गरेका थिए। त्यसपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनलाई निर्विरोध सभापति निर्वाचित भएको घोषणा गरे।
यसअघि निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ प्रावधानमा हस्तक्षेप गरेको आरोप लागेपछि खतिवडाले राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया