काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको दोस्रो विधान अधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नपाए पनि प्रतिनिधिहरूलाई चिठीमार्फत शुभकामना दिएकी छन्। उनले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन पनि आग्रह गरेकी छिन्।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको अधिवेशनमा सहभागी हुने अनुमति नपाएपछि भण्डारीले भिडियो सन्देशमार्फत पार्टी कार्यकर्तालाई सम्बोधन गरिन्। उनले सफल अधिवेशनका लागि शुभकामना दिँदै एमालेको काँधमा मुलुकको विकासको गम्भीर जिम्मेवारी रहेको स्मरण गराइन्।

advertisement

पार्टी सचिवालयले बिहीबारको बैठकमार्फत भण्डारीको सदस्यता नवीकरण नभएकाले अधिवेशनमा सहभागी हुन नपाउने निर्णय गरेको थियो। सचिवालयले सदस्यता प्रदान गर्ने वा नवीकरण गर्ने अधिकार केन्द्रीय कमिटीको मात्र हुने स्पष्ट पारेको थियो।

प्रत्यक्ष उपस्थित हुने बाटो बन्द भएपछि भण्डारीले न्युज एजेन्सी नेपालमार्फत भिडियो सन्देश पठाउँदै, एमाले र आफ्नो उद्देश्य एउटै रहेको भन्दै सबैले मिलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिइन्। उनले अधिवेशनमा सहभागी प्रतिनिधिबाट उपयोगी सुझाव र सल्लाह प्राप्त हुने आशा पनि व्यक्त गरिन्।

 

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com