काठमाडौं । पीपी प्रसाई फाउण्डेसनले नेपालका शिक्षा तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मानित गरेको छ। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्रख्यात शिक्षाविद् केदारभक्त माथेमाले पूर्व सचिव दीपेन्द्रपुरुष ढकाललाई पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२५ प्रदान गरेका छन् ।

पूर्व सचिव ढकालको कार्यकालमा नेपाल भ्रमण वर्ष–१९९८ सफलतापूर्वक सम्पन्न हुनुका साथै नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण जस्ता संस्थाको स्थापना भएको थियो। नेपाल पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएभएको योगदानको कदर गर्दै उनलाई यो वर्षको प्रतिष्ठित पुरस्कारबाट सम्मान गरिएको हो।

advertisement

यस्तै, फाउण्डेसनले प्रदेशगत उत्कृष्ट शिक्षकलाई ‘उत्कृष्ट शिक्षक पुरस्कार–२०८२’ बाट सम्मानित गरेको छ। यसअन्तर्गत सातै प्रदेशका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई रु. ५० हजार नगद, सम्मानपत्र तथा विद्यालयलाई रु. १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ।

सम्मानित शिक्षकहरूमा कोशी प्रदेशबाट केशवराज कट्टेल, मधेश प्रदेशबाट जितेन्द्र राम, बागमती प्रदेशबाट अप्सरा कुमारी घिमिरे, गण्डकी प्रदेशबाट विष्णु घिमिरे, लुम्बिनी प्रदेशबाट प्रभात सुवेदी, कर्णाली प्रदेशबाट देवेन्द्र तिमिल्सिना उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट हेमराज विष्ट रहेका छन्।

निर्णायक समितिले शिक्षकको शिक्षण शैली, विद्यार्थीमा सिर्जनशीलता र सीप प्रवर्द्धन, समुदायसँगको सहकार्य, पेशाप्रतिको समर्पण, सिकाइ उपलब्धि लगायतका आधारमा विजेताको छनोट गरेको थियो।

फाउण्डेसनले शिक्षक र पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानमार्फत दिवंगत पर्यटन व्यवसायी प्रजापति प्रसाईको सपनालाई मूर्त रूप दिने लक्ष्य राखेको जनाएको छ। ग्रामीण क्षेत्रमा शिक्षा र पर्यटन विस्तार गर्ने उदेश्यले वि.सं. २०६७ सालमा स्थापना गरिएको फाउण्डेसनले आगामी दिनमा पुरस्कारलाई अझ व्यापक र समावेशी बनाउँदै लैजाने जनाएको छ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com