काठमाडौँ । नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल शनिबार हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५स्३० बजे शुरु हुनेछ।

फिफा विण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।

advertisement

नेपालको सिनियर टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ। दुई खेलपछि परिणामको आधारमा विजेता घोषणा गरिनेछ।

दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ।​ विजेताले ट्रफी र पदक प्राप्त गर्ने एन्फाले जनाएको छ।

 

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com