थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा विपक्षी दलका नेता अनुतिन चार्नविराकुल नियुक्त भएका छन्।

काठमाडौंँ ।  थाइल्याण्डको संसदले विपक्षी कञ्जरभेटिभ पार्टीका अनुतिनलाई प्रधानमन्त्री चयन गरेको हो । थाइल्याण्डमा दुई वर्षको अवधिमा तेस्रो प्रधानमन्त्री चयन भएको हो । आज भएको मतदानमा अनुतिनले ३ सय ११ मत प्राप्त गर्दै प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । अनुतिनका प्रतिस्पर्धीले १ सय ५२ मत प्राप्त गरे ।

advertisement

थाइल्याण्डमा बहुमतका लागि २ सय ४७ मतको आवश्यक थियो । ५८ वर्षीय अनुतिनको विजयले विगत दुई दशकदेखि थाई राजनीतिको मुख्य आधार रहेको शिनावात्रा परिवारको राजनीतिक भविष्यलाई धक्का दिएको विश्लेषण भएका छन् ।

निवर्तमान प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई गत साता त्यहाँको संवैधानिक अदालतले गोप्य टेलिफोन वार्ता सार्वजनिक भएपछि नैतिकता उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो ।

 

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com