जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिस्ट दलहरू संघीयता र गणतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुरधाममा संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था : जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अहिले सबैभन्दा ठूलो संकटमा रहेको दाबी गरे। यादवका अनुसार, यसको मूल कारण कांग्रेस र कम्युनिस्ट दलहरू नै हुन्।

advertisement

उनले भने, ‘कांग्रेसले कहिल्यै संघीयताको समर्थन गरेन, न त गणतन्त्रको पक्षमा उभियो। कांग्रेसको मूल सोच सदैव बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रमा सीमित रह्यो। आज पनि त्यसैलाई दोहोराइरहेका छन्।’

यादवले नेपालमा वास्तविक कम्युनिस्ट नभएको दाबी गर्दै भने, ‘कम्युनिस्टको नाममा सत्ता, शक्ति र लाभ मात्र खोज्ने अवसरवादी समूह मात्रै छन्। तिनीहरू संघीयता र समावेशिताको पक्षमा उभिने हैसियतमा छैनन्। अहिले कांग्रेस र कम्युनिस्ट दुवै मिलेर संघीयतामाथि सबैभन्दा ठुलो आक्रमण गरिरहेका छन्। यो नक्कली संघीयता मात्र हो, वास्तविक होइन।’

प्रदेश सरकारहरू अधिकारविहीन र कानुनी आधारहीन अवस्थामा रहेको भन्दै उनले यस्तो संरचना संघीयताको मर्म विपरीत भएको टिप्पणी गरे।

 

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com