काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई आफ्नो फरक धारणा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन्।

महाधिवेशनको हलमै प्रतिवेदन पेश गर्ने तयारी गरेका थापालाई ओलीले त्यस्तो आवश्यकता नभएको भन्दै समूहगत छलफलमै उठाउन सुझाव दिएका हुन्। थापा विद्यादेवी भण्डारीको सदस्यता निलम्बन, ७० वर्षे उमेर सीमा हटाउनेजस्ता विषयमा फरक मत राख्दै आएका छन्।

advertisement

अध्यक्ष ओलीले प्रतिवेदनसम्बन्धी छलफल हाल १० वटा समूहमा चलिरहेको हुँदा त्यही प्रक्रियामा भाग लिन निर्देशन दिएका हुन्। थापाले तयार पारेको फरक प्रतिवेदन प्रतिनिधिहरूलाई वितरण गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, थापालाई हलमा प्रस्तुत गर्ने बाटो बन्द गरिएको मात्र हो, छलफलमा सहभागी हुने अवसर भने कायम छ। ‘उहाँले आफ्नो विचार समूहगत छलफलमा राख्न सक्नुहुन्छ,’ गौतमले स्पष्ट पारे।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com