ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज एक बालिका सवारी दुर्घटनामा परेपछि कार्यक्रम करिब एक घण्टा ढिलो गरी सुरु भएको छ।

ललितपुरको हरिसिद्धि घुम्तीमा महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि सवार गाडीले बालिकालाई ठक्कर दिएपछि केही समय सडक अवरुद्ध भएको थियो। बालिकालाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

advertisement

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने प्रतिबद्धता जनाए। उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनालाई राजनीतिक लाभका लागि प्रयोग गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे।

‘गाडीले छोएकी बालिकालाई तुरुन्तै अस्पताल लगिएको छ। कुनै नियत थिएन। पार्टीले सम्पूर्ण उपचार खर्च व्यहोर्छ,’ ओलीले भने, ‘कहिलेकाहीँ अप्रिय घटना हुन्छन्। यसमा हामी पनि दुःखी छौँ र बालिकाको चाँडै स्वास्थ्यलाभको कामना गर्दछौँ।’

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com