महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा नेपाली सेना र प्रहरीले संयुक्त रूपमा गरेको चेकजाँचमा नक्कली भारतीय नोटसहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा–१ बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह र २४ वर्षीय चन्द्र बोहरा तथा भारतीय नागरिक २५ वर्षीय कुलदिप चतुर्बेदी, २० वर्षीय अमित यादव र २४ वर्षीय हिमांशु शर्मा छन्।

advertisement

चतुर्बेदी उत्तर प्रदेशको बरेली तेसिलमिगञ्ज ग्रामका, यादव बरेली फटितेगञ्जका र शर्मा उत्तराखण्डको उद्धमसिंह नगरका बासिन्दा भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जोनापुरस्थित नेपाली सेनाको रणसिंह सुरक्षा गण चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ५ सय दरका नक्कली देखिने भारतीय रुपैयाँ १४७ थान (झण्डै ७३ हजार) सहित पक्राउ गरिएको हो।

नक्कली नोटबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय झालारीको टोलीले निगरानी गर्दै गर्दा सेनाको चेकपोस्टमा उनीहरू पक्राउ परेका थिए। पक्राउ पर्नेहरू भारतीय नम्बर प्लेटको गाडी (यूपी १४ बीएच २०७३) मा सवार रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com