काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आगामी आम निर्वाचनसम्मै वर्तामान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका हुन्। उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने पनि बताए।
उनले नेपाली कांग्रेसको आसत्र महाधिवेशन समयमै हुने पनि बताए। तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट पारे। पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार











प्रतिक्रिया