काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले पछिल्लो समय चर्चामा आएको ‘जेन जेट नेपाे बेबि’ अभियानप्रति आपत्ति जनाएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त अभियानलाई स्वतन्त्र वा रचनात्मक आन्दोलन नभई पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिको उपज भएको दाबी गरेका छन्। उनका अनुसार सोशल मिडिया र पैड मिडियालाई हतियार बनाएर राज्य, राजनीतिक दल र नेताहरूमाथि बदनाम गर्ने प्रयास असफल भएपछि सोही समूहले नयाँ अभियान अघि सारेको हो।

advertisement

बस्नेतले आफ्नो छोरीको विवाहसम्बन्धी विषयलाई टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले परिवारका सदस्यहरूले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग नगरेको स्पष्ट दाबी गर्दै त्यसबारे प्रमाणसहित चुनौती दिन सकिने बताएका छन्।

उनले छोरी र ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने गतिविधिलाई आपराधिक प्रवृत्ति भनेका छन्। साथै, केही व्यक्तिहरूले आफ्ना व्यक्तिगत विवादमा उनको नाम जोड्ने प्रयास गरेको भन्दै बस्नेतले त्यसप्रति कडा आपत्ति जनाएका छन्।

उनले सरकारलाई यस्ता गतिविधिमा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन र टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम बन्न नदिन माग गरेका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com