काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छुटाएको छ।

शनिबार बिहान ललितपुरको हरिसिद्धि स्थित घुम्तीमा मन्त्री राना सवार गाडी चौधरीले चलाउँदा ११ वर्षीया बालिका ठक्कर खाएर घाइते भएकी थिइन्। घटनापछि प्रहरीले चौधरीलाई तत्काल नियन्त्रणमा लिएको थियो।

advertisement

तर पीडित पक्षबाट कुनै उजुरी नपरेको, बालिकाको उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले २५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइसकेकाले ललितपुर जिल्ला प्रहरी परिसरले उनलाई मुक्त गरेको हो।

ललितपुरको गोदावरीमा सुरु भएको नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री रानाको गाडीले बालिकालाई ठक्कर दिएर रोक्नै नगरी अघि बढेको थियो। साँघुरो सडकमा तीव्र गतिमा चलाइएको गाडीले दुर्घटना निम्त्याएको भन्दै स्थानीयवासी र सर्वसाधारणले आलोचना गरेका थिए।

दुर्घटनापछि एमाले नेतृत्वले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गरिएकी बालिकालाई सामान्य चोटपटक लागेर घर फर्कन अस्पतालले डिस्चार्ज गरेको छ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com