काठमाडौं । दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध पत्रकारहरूले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यसहितको समूहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याएको भन्दै विरोध जनाएको हो। उनीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर विरोध प्रकट गरेका थिए।
सरकारले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने भन्दै गत बिहीबारदेखि दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको थियो। पत्रकारहरूले उक्त कदमले प्रेस स्वतन्त्रता र नागरिक अधिकार गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया