काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्ण समर्थन जनाएका छन्।

बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै, उमेर हदका कारण प्रत्यक्ष उपस्थित हुन नसके पनि आन्दोलनको उद्देश्यप्रति आफू एकदमै सकारात्मक रहेको बताए।

advertisement

उनले लेखेका छन्, ‘भोलिको र्‍याली शुद्धरूपमा ‘Zen G’ अर्थात् २८ वर्षमुनिका युवाको पहल हो। म त उनीहरूलाई पनि बुढो देखिन्छु। तर उनीहरूको सोच, उद्देश्य र चाहना बुझ्न जरुरी छ। त्यसैले मेरो सम्पूर्ण समर्थन छ।’

बालेनले कुनै राजनीतिक दल, नेता वा अभियन्ताले यो आन्दोलनलाई व्यक्तिगत स्वार्थका लागि उपयोग नगर्न चेतावनी पनि दिएका छन्।

त्यसैगरी उनले युवाहरूसँग प्रश्न गर्दै भनेका छन्, ‘प्रिय Zen G, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com