काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा रुपन्देही–३ र मनाङ प्रदेशसभा–२ का उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारलाई आधिकारिक पत्र दिने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।
आइतबार सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई दलको तर्फबाट आधिकारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति देउवालाई दिने निर्णय गरिएको छ।”
त्यसैगरी, उपनिर्वाचनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने तथा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी मुख्यसचिव पौडेललाई तोकिएको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया