सिरहा ।  मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् ।

नगरपालिकाले प्रत्येक महिना फरक-फरक वडामा पुगेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोषण ‘प्याकेज’मा चामल, दाल, नुन, तेल, चनालगायत खाद्य सामग्रीका साथै लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायत रोगबाट बच्न झूलसमेत प्रदान गरिन्छ ।

advertisement

नगरप्रमुख चौधरीले भने, ‘गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषणस्तर सुधार गर्नाका साथै स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम गरिरहेका छौँ । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।’

नगर स्वास्थ्य शाखाप्रमुख विन्देश्वर चौधरीका अनुसार पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवा सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com