काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले सोमबार जेन–जीले आयोजना गर्न लागेको आन्दोलनलाई समर्थन गरेका छन्।
निश्चल बस्नेतले टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै आफू जेन–जी पुस्तासँगै रहेको स्पष्ट पारेका छन्। उनले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै, देशको कानुन निसहाय र गरिब जनतामात्रै लक्षित हुने गरेको गुनासो गरेका छन्। भ्रष्टाचारले युवापुस्ता निराश बनेको भन्दै अब आन्दोलन अपरिहार्य भएको टिप्पणी गर्दै उनले आफू पनि उक्त आन्दोलनमा सहभागी भई भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताएका छन्।
यस्तै, अभिनेता पल शाहले पनि सामाजिक सञ्जाल बन्द गर्ने कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार मात्र नभई परिस्थिति झन् गम्भीर बनाएको बताएका छन्। फेसबुक स्टाटसमार्फत शाहले जेन–जी आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुलाई शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया