काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किन नचाहनु नै राम्रो भएको बताएका छन्।
विधान महाधिवेशनमा राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा आइतबार अध्यक्ष ओलीले भण्डारीबारे यस्तो टिप्पणी गरेका हुन्।
उनका अनुसार, ‘कमरेड विद्या भण्डारीबारे पार्टीमा कुनै मतभेद छैन। उहाँ पहिलो महिला राष्ट्रपति हुनुहुन्छ र संविधान जारी भएपछि बनेको राष्ट्रपति पनि हुनुभयो। उहाँले आफ्नो कार्यकाल अत्यन्त जिम्मेवारीपूर्वक पूरा गर्नुभयो र सही ढंगले मध्यस्थता गर्ने क्षमता राख्नुहुन्छ।’
तर, ओलीले भने, ‘सक्रिय राजनीतिमा फर्किने इच्छा राख्नु भएको भए पनि अध्यक्ष बन्न खोज्नुभएको अवस्था अहिले सम्भव छैन। उहाँले अध्यक्षविरुद्ध आलोचना गर्ने र केही साथीभाइको असल मनसाय नभएको सहयोग खोज्न थाल्नु भयो, जुन सह्य हुने कुरा थिएन।’
पूर्व राष्ट्रपतिले सदस्यता परित्याग गरिसकेको हुँदा पुनः सदस्यताका लागि प्रक्रियामा जानुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले यस विषयमा थप निर्णय आवश्यक परे केन्द्रीय कमिटीको बैठकले टुङ्गो लगाउने बताए।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया