काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द साह पछिल्ला दिनमा सामाजिक सञ्जालमा दिएका टिप्पणीहरूका कारण निरन्तर चर्चामा छन्। नेपाल सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि उनी झन् सक्रिय बनेका छन्। बालेनले आफ्ना स्टाटस मात्र होइन, शीर्ष नेताहरूको पोस्टमा गरेको प्रतिकृयाका कारण थप चर्चामा छन्।
यही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित व्यङ्ग्य गरेका छन्। रास्वपा समर्थक कलाकार तथा कार्यक्रम प्रस्तोता आसिफ साहले बलिउड अभिनेता अमिताभ बच्चनको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। पोलियोविरुद्धको खोप अभियानलाई प्रोत्साहन गर्ने ‘देखा आपने लापरबाही का नतिजा?’ भन्ने सन्देश रहेको उक्त पोस्टलाई आसिफले जेन-जी आन्दोलनप्रति संकेत गर्दै लेखेका थिए, “यो तस्बिरले केही भन्दैछ हाम्रा नेताहरूलाई… के पो भन्दै छ होला?”
उनै आसिफको पोस्टमा प्रतिकृया जनाउँदै मेयर बालेनले रास्वपा सरकारमा दुई पटक सहभागी भएको प्रसंग कोट्याउँदै व्यङ्ग्यात्मक शैलीमा लेखे, “देख लिया दो बार सरकार मे जानेका नतिजा??”
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया