गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी बलियो रूपमा उठे देशभरको निर्वाचनमा विजयी हुन सकिने दाबी गरेका छन्।
सोमबार गोरखाको पालुङटारमा आयोजित मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान कार्यक्रममा बोल्दै उनले गोरखाको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै भने, ‘गोरखाले इतिहास निर्माण गरेको छ, अबको गोरखाले अझ उत्कृष्ट भविष्य देखाउन सक्छ। माओवादी जुरूक्कै उठे चुनावमा क्लिन स्वीप गर्ने क्षमता राख्छ।’
अध्यक्ष दाहालले बूढीगण्डकी जलविद्युत आयोजना, धुले सडक पिच गर्ने योजना, तथा औद्योगिक पार्क निर्माणजस्ता परियोजनामा आवश्यक स्रोत सुनिश्चित गर्दै काम अघि बढाइने प्रतिबद्धता जनाए।
त्यस्तै, उनले पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने विषयमा चीनसँग भएको पूर्वसहमतिको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनतर्फ अघि बढाइने आश्वासन समेत दिए।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया