विराटनगर । झापाको दमकमा जेन–जी युवाहरूको विरोध प्रदर्शन क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हवाई फायर गरेको छ ।
दमक नगरपालिका अगाडिको सडकमा सोमबार दिउँसो प्रदर्शनकारीहरूले आगजनी प्रयास गर्दा अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि सुरक्षाकर्मीले हवाइ फायर गर्न बाध्य भएको प्रहरीले जनाएको छ ।
झापा प्रहरीका प्रमुख एसपी राजन लिम्बुका अनुसार प्रदर्शनकारीले ढुंगामुढा समेत गरेपछि भिड तितरबितर पार्न सुरक्षाकर्मीले चेतावनीस्वरूप गोली चलाएको हो । ‘ढुंगामुढाका कारण केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्,’ उनले भने ।
सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भइरहेको आन्दोलनकै क्रममा दमकमा पनि युवाहरू सडकमा उत्रिएका थिए । तर प्रदर्शन हिंसात्मक बन्दा स्थानीय बजार क्षेत्रमा केहीबेर आतंक फैलिएको थियो ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया