काठमाडौं । जेन–जी युवाहरूको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत ती घाइतेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मृतकको परिचय अहिलेसम्म खुलेको छैन । अस्पताल प्रशासनका अनुसार करिब एक सय जना घाइतेकाे उपचार भइरहेकाे छ ।
सिभिल अस्पताल परिसरमा रहेका ग्लाेबल नागरिक संवाददाताका अनुसार प्रहरीले प्रदर्शनकारी लुकेकाे अाशंकामा अश्रुग्याँस प्रहार गरेकाे छ ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया