काठमाडौँ । जेन-जी आन्दोलन हिंसात्मक भएसँगै कर्फ्यु आदेश जारी गरिएको नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ ।
भष्टाचार र नातावादविरूद्ध जेन-जी पुस्ताले गरेको आन्दोलन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ । त्यस्तै राष्ट्रपति निवास शीतल निवास आसपासको महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाइएको हो ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया