काठमाडौं । जेन–जी युवाहरूको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश लागू हुने स्थानहरू विस्तार गरेको छ।

पहिले बानेश्वर वरिपरि मात्र लागू भएको कर्फ्यु अब सिंहदरबार क्षेत्र, राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय र नारायणहिटी क्षेत्रमा पनि लागू गरिएको छ। प्रशासनका अनुसार आन्दोलन थप उग्र बन्दै गएपछि सुरक्षा व्यवस्थालाई सुदृढ पार्न यस्तो कदम उठाइएको हो।

advertisement

सुरक्षाकर्मीले भिड नियन्त्रणका लागि हवाई फायर र रबरको गोली प्रयोग गरेका छन्। यस क्रममा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ रबरको गोली लागेर घाइते भएका छन्। उनका अनुसार अहिले उनी सिभिल अस्पतालमा उपचाररत छन् र अवस्था स्थिर रहेको बताइएको छ।

प्रदर्शन अत्यधिक हिंसात्मक बनेपछि नेपाली सेना पनि तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ।

जेन–जी युवाहरूले भने केही समूहले आन्दोलनमा घुसपैठ गरेको दाबी गर्दै बानेश्वर क्षेत्रबाट फर्कन निर्देशन दिएका छन्। आन्दोलनको व्यवस्थापन गर्दै आएका प्रतिनिधिहरूले पनि हिंसात्मक गतिविधि गर्नेहरू आफ्नो समूहको हिस्सा नभएको स्पष्ट पारेका छन्।

यसबीच प्रशासनले पनि सुरक्षा र जनजीवनमा असर नपरोस् भन्ने उद्देश्यले आवश्यक सावधानी र व्यवस्थापन जारी राख्ने जनाएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com