काठमाडौं । राजधानीमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा एकजनाको ज्यान गएको छ भने करिब ७० जना घाइते भएका छन्।

नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पतालका प्रा. डा. मोहनचन्द्र रेग्मीले पुष्टि गरेका छन्।

advertisement

प्रहरीका एक उच्च अधिकारीका अनुसार झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब ७० जना घाइते भएका छन्। उनीहरूलाई मीनभवनस्थित सिभिल अस्पतालसहित विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com