काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद् भवन परिसरमा भएको जेन–जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जना गम्भीर घाइते भएको पुष्टि भएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार उद्धार कार्यमा खटिएका टोलीहरूले मात्र करिब ५० जना गम्भीर घाइतेलाई विभिन्न अस्पतालमा पुर्याएका छन्। महानगरका एम्बुलेन्स सेवामा संलग्न एक कर्मचारीले भने, ‘बानेश्वरबाट उद्दार गरिएका घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ र उनीहरू रगताम्य अवस्थामा थिए। सामान्य घाइतेको संख्या भने अलगै छ।’
गम्भीर घाइतेहरूलाई सिभिल, ट्रमा सेन्टर, पाटनलगायतका विभिन्न अस्पतालमा पुर्याइएको छ। केहीलाई उपचार सम्भव नभएपछि एक अस्पतालबाट अर्को अस्पतालमा सारिएको पनि उद्धारमा संलग्न टोलीले जनाएको छ।
महानगरपालिकासँगै अन्य संस्थाका एम्बुलेन्सहरूले पनि घाइतेलाई अस्पताल पु–याउन सहयोग गरेका थिए। घटनापछि अस्पतालहरूमा भीड बढेको छ भने चिकित्सकहरूले आकस्मिक उपचार सेवामा प्राथमिकता दिइरहेका छन्।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया