काठमाडाैं । भ्रष्टाचार र नातावादकाे विराेधमा जेन–जी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
ट्रमा सेन्टरमा ६ जना, एभरेष्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जनाकाे उपचारको क्रममा मृत्यु भएको हो । एक प्रदर्शनकारीको संसद भवन अगाडि घटनास्थलमै मृत्यु भएको हाे । प्रहरीकाे गोली लागेर घाइते भएका दर्जनाैंको विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेहरूको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन उपचारको व्यवस्था थप गरिएको छ।
प्रहरी र सुरक्षा निकायहरूले प्रदर्शन नियन्त्रणमा राख्न अत्यधिक बल प्रयोग गरेका कारण स्थिति भयावह बनेकाे हाे ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया