काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। अस्पताल प्रशासनले मृत्यु भएको ६ जनामध्ये ३ जनाको पहिचान खुलेको जानकारी दिएको छ।
मृत्यु हुनेमा ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभ श्रेष्ठ र कीर्तिपुरका बुद्धि तामाङ रहेका छन्। अन्य तीन जनाको भने पहिचान नखुलेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया