काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गर्दै हत्या–आतंक मच्चाएको भन्दै तीव्र आलोचना गरेको छ।

आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विज्ञप्ति जारी गर्दै शान्ति र सु–व्यवस्था कायम गर्नुपर्ने सरकार उल्टै आफ्नै नागरिकको हत्या गर्ने मार्गमा गएको आरोप लगाएका छन्।

advertisement

साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, अनियमितता, कुशासन र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध उठेको जनआवाजलाई शान्तिपूर्ण तरिकाले दवाउन सरकारले गोली प्रहार गर्दा दर्जनौँ युवाले ज्यान गुमाउनु परेको छ।’

उनका अनुसार कलिला उमेरका युवामाथि भएको यो अमानवीय नरसंहारले केवल लोकतन्त्र र कानुनी शासनको अपमान मात्र होइन, मानवताको नै हत्या गरेको छ।

आजपाले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो नरसंहारको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। देशमा शान्ति, सुशासन र स्थिरता कायम गर्न उनको तुरुन्तै राजीनामा अपरिहार्य छ।’

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com