काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनप्रति तीव्र आपत्ति जनाएका छन्।

उनले जेनजी युवाहरूले अघि सारेका मागहरू जायज र संवेदनशील भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाए। पुनले भने, ‘जेनजीका मागप्रति बेवास्ता गर्नु गम्भीर भूल हो। प्रधानमन्त्रीको हिजोको अभिव्यक्ति र गृहमन्त्रीले आज समितिको बैठकमा समय खर्चनु, आन्दोलनप्रति ध्यान दिन नचाहेको स्पष्ट संकेत हो।’

advertisement

उनका अनुसार देशलाई संकटबाट जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीले जेनजीको मागलाई अविलम्ब सम्बोधन गर्दै समाधानका लागि मार्ग प्रशस्त गर्नैपर्ने अवस्था आएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com