काठमाडाैं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।
‘घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियाे।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया