काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले पदमा नबस्ने निर्णय पार्टीलाई जानकारी गराएका छन्।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले यस्तो जानकारी दिएका हुन्। एक उच्चपदाधिकारीका अनुसार, उनले सोमबारको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको भन्दै नैतिक जिम्मेवारीका आधारमा पदबाट इस्तीफा दिनुपर्ने ठानेको बताएका छन्।
उक्त पदाधिकारीले भने, ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, त्यसैले पदमा बस्दिनँ।’
गृहमन्त्री लेखकको निर्णयले पार्टी भित्र समेत गम्भीर छलफल र आगामी कदमबारे बहस सुरु भएको बताइएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया