वीरगञ्ज । काठमाडौंमा जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन र युवाहरूको मृत्युप्रति आक्रोश व्यक्त गर्दै वीरगञ्जमा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।
सुधीर पटेलको नेतृत्वमा प्रदर्शनकारीहरूले वीरगञ्जको घण्टाघर चोकमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्। त्यस्तै माइस्थान चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियो।
यसअघि बिहान पनि जेनजीहरूले वीरगञ्जका विभिन्न क्षेत्रमा प्रदर्शन गरी सरकारको कदमको विरोध जनाएका थिए।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया