काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकले आफ्नो प्रजातान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत सबै पक्षलाई संयमता र सावधानी अपनाउन अनुरोध गर्दै, नागरिकलाई अधिकार अभ्यास गर्न सहज वातावरण दिनुपर्नेमा जोड दिएकी छन्।

advertisement

‘नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा प्रजातान्त्रिक अधिकार प्रयोग गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्छ। त्यसका लागि सबै पक्षले अधिकतम संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्न आवश्यक छ,’ उनले लेखेकी छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु र ठूलो संख्यामा घाइते भएको घटनाप्रति आफू गहिरो दुःखित भएको उल्लेख गर्दै उनले पीडित परिवारप्रति सहानुभूति प्रकट गरेकी छन्।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com