काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले विशेष समिति गठन गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सम्पूर्ण तथ्य–परक छानबिन गर्न समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

advertisement

उनका अनुसार, समितिलाई १५ दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यादेश (टिओआर) दिइएको छ। समितिले घटनाको कारण, जिम्मेवारी र आवश्यक कारबाहीबारे सरकारलाई सिफारिस गर्नेछ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com