काठमाडौं । वरिष्ठ अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति गम्भीर टिप्पणी गर्दै नेपाली भएकोमा लाज महसुस भएको बताएका छन्।
सोमबार फेसबुक पोस्टमार्फत हमालले लेखेका छन्, ‘हामी राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य दिन मात्र असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत जोखिममा पारिरहेका छौं। म विदेश यात्रा गर्दैछु, तर नेपाली भएकोमा यति लाज मैले पहिले कहिल्यै महसुस गरेको थिइन।’
राजनीतिक र सामाजिक विषयमा सामान्यतया कमै टिप्पणी गर्ने हमालको यो अभिव्यक्ति जेनजी आन्दोलन हिंसात्मक बनेपछि आएको हो। उनले युवा र देशको भविष्यप्रति नेतृत्व असफल भएको स्पष्ट रूपमा औँल्याएका छन्।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया