काठमाडौं । मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । तर, समितिको संयोजकको नाम भने अझै तोकिएको छैन ।

बैठकले समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । सुरुमा गृहमन्त्री रमेश लेखक उपस्थित भएपछि संयोजकको नाम टुंग्याउने भनिएको थियो । तर, लेखकले बैठकमै राजीनामा दिएपछि संयोजक तोक्न नसकिएको हो ।

advertisement

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेका छन् । छलफलपछि संयोजकको नाम टुंगिने सम्भावना रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

 

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com