काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रकाशित सन्देशमा उनले सरकारको कदमलाई ‘निरंकुश र क्रूर’ बताएका छन्।

कोइरालाका अनुसार शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवामाथि गोली चलाएर हत्या गरिनु अत्यन्त मर्माहत र अमानवीय घटना हो। उनले भनेका छन्, “सरकारको आदेशमा भएका यी हत्या–हिंसाले मलाई गहिरो पीडा दिएको छ।”

advertisement

उनले युवाहरूले उठाएका मागहरू जायज र समयानुकूल भएको बताउँदै, आफ्ना कुकृत्य छोप्न सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अधिनायकवादी चरित्रको अभिव्यक्ति भनेका छन्। साथै, भ्रष्टाचार अन्त्य गर्नैपर्नेमा जोड दिएका छन्।

डा. कोइरालाले वर्तमान सरकारको नैतिक तथा राजनीतिक औचित्य समाप्त भएको दाबी गर्दै, सबै दल र शक्तिहरू मिलेर देशका समस्या समाधान गर्ने विधिसम्मत बाटो खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले थपे, “यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरूसँग छु, र सधैं साथमा रहिरहनेछु।”

 

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com