काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार सञ्चालन गरेको प्रदर्शनमा १९ जनाको मृत्यु हुनुका साथै ठूलो जनधनको क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको आकस्मिक पदाधिकारी बैठकले यस्तो माग गरेको हो।

बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न भोलि बेलुका ५ बजे देशभरका ७५३ वटै पालिकामा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको छ। यस्तै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।

advertisement

उनले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘सरकारले इतिहासकै क्रूर नरसंहार गरेको छ। प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ। जेनजी पुस्ताले उठाएका जायज मागहरूमा हाम्रो पूर्ण ऐक्यबद्धता छ।’

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com