काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ डा. सुन्दुक रुइतले जेन–जी पुस्तालाई संयमित रहन आग्रह गरेका छन्।
उनले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछि हटिसकेको बताउँदै, यतिबेला सार्वजनिक सम्पत्तिमा आगजनी वा तोडफोड गर्नु अनुचित हुने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा उत्रिएका भाइबहिनीहरू, तपाईंहरूको साहसिक कदमका कारण असहिष्णु र भ्रष्ट नेतृत्व पछि हटिसकेको छ। यस्तो परिस्थितिमा सार्वजनिक सम्पत्ति जलाउनु वा नष्ट गर्नु उपयुक्त हुँदैन।’
उनले सबै मिलेर देश जोगाउन र बनाउन जोड दिँदै थपे, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु प्रत्येक नागरिकको पहिलो दायित्व हो। त्यसैले सम्पत्तिको नोक्सानी नगरौं, गर्न नदिऔं। संयमित बनौं, देश जोगाऔं र मिलेर नयाँ देश निर्माण गरौं।’
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया