काठमाडौँ। गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।

काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु ९राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका० बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।

advertisement

गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ ।

नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर जानकारी दिन सकिने छ ।

विनाकाम घर बाहिर ननिस्किन निर्देशन

नेपाली सेनाले मुख्य सडक नियन्त्रणमा लिएको छ । घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरुलाई सेनाले विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरुलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।

काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडक खण्डमा हतियारसहितका सेना बाक्लो संख्यामा देखिन्छन् । उनीहरुले मोर्निङ वाकमा निस्किएकाहरुलाई नयाँबानेश्वर चोकतर्फ आउन दिएका छैनन् ।

कर्फ्यु लागेको भन्दै सेनाका जवानहरुले घर फर्किन भनिरहेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com